माछाको स्वादसंगै संगीतिक माहोलमा झुमे दर्शक

माछाको स्वादसंगै संगीतिक माहोलमा झुमे दर्शक

चितवन, पुस २–

चितवनको भरतपुरमा जारी दोस्रो चितवन मत्स्य महोत्सवमा दोस्रो दिन शनिबार दर्शकहरुले माछाको स्वादसंगै संगीतको मज्जा लिन पाएका छन् ।
महोत्सव अवलोकन गर्न पुगेका दर्शकहरुले माछाको स्वाद त चाख्न पाए संगै राष्ट्रिय कलाकारहरुको प्रस्तुतीले भरपुर मनोरञ्जन लिए । शनिबार चर्चित गायक रामजी खाँण र गायिका सावित्री जोशीको प्रस्तुतीले दर्शकहरुले भरपुर मनोरञ्जन लिए ।
भरतपुरस्थित औद्योगिक प्रदर्शनी मैदानमा जारी महोत्सवमा अबका हरेक दिन सांगितिक मज्जा लिन सक्ने छन् । शनिबार दर्शकहरुलाई दुई राष्ट्रिय कलाकारले मनोरञ्जन दिलाएको महोत्सवका संयोजक रमेश पाण्डेले जानकारी दिनुभयो ।
आईतबार पनि राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने प्रचार–प्रसार समितिका संयोजक लुलाराज तामाङले जानकारी दिनुभयो ।
महोत्सवको विशेष आकर्षणको रुपमा आधुनिक प्रविधियुक्त माछा पोखरी प्रदर्शनी, माछाका परिकार, थारु विशेष खानाका परिकार, माछा बनाउने तथा खाने तरिकाको बारे जानकारी, बाल उद्यान, राष्ट्रिय एवंम स्थानीय कलाकारहरुको प्रस्तुती रहेको छ ।
महोत्सवमा ४५ वटा स्टल रहेका छन् । महोत्सवमा प्रवेशका लागि ३० र २० रुपैयाँको टिकट व्यवस्था गरिएको छ । टिकट लिएर प्रवेश गर्नेहरुका लागि माछाको सुप निःशुल्क समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
नेपाल मत्स्य व्यवसायी संघ चितवन र जिल्ला कृषि विकास कार्यालय चितवनको संयुक्त आयोजनामा जारी महोत्सव पुस ५ गतेसम्म भरतपुरस्थित औद्योगिक प्रदर्शनी स्थल मैदानमा चल्ने छ । ‘स्वदेशी माछा खाऔं, स्वस्थ रहौं’ भन्ने नाराका साथ सुरु भएको महोत्सवको कृषि राज्य मन्त्री राधिका तामाङले शुक्रबार समुद्घाटन गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ