चितवन , पौष २९
पूर्वी चितवनको तिनवटा नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ को लागी आफ्नो अनुमानित बजेट सार्वजनिक गरेका छन् । खैरहनी नगरपालिका , राप्ती नगरपालिका र कालिका नगरपालिकाले आज बजेट ,निती,कार्यक्रम तथा योजना सार्वजनिक गरेका हुन् ।
खैरहनी नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ का लागी २४ करोड वरावरको निति,कार्यक्रम र वजेट सार्वजनिक गरेको छ । नगरपालिकाको चौथो नगर परिषदमा नगरपालिकाका कार्यकारी अधिकृत गंगावहादुर भुजेलले आगामी आर्थिक वर्षका लागी २४ करोड,१८ लाख १५ हजार वरावरको अनुमानित निति,कार्यक्रम र वजेट सार्वजनिक गरे । जस मध्ये आन्तरीक श्रोतबाट ५ करोड ३६ लाख ६९ हजार संकलन हुने र १८ करोड ८१ लख ४५ हजार वाह्य श्रोतबाट प्राप्त हुने उल्लेख छ । सो वजेट पशुपालन तथा कृषि विकास,पर्यटन विकास,शिक्षा,स्वास्थ्य,सडक पुर्वाधार,फोहोर मैला व्यवस्थापनमा खर्च हुने गरी निति तथा कार्यक्रम ल्याईएको नगरपालिकाले जनाएको छ । भुमी सुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पुर्व अर्थमन्त्री तथा चितवन क्षेत्र नम्वर एकका साँसद सुरेन्द्र पाण्डे ,स्थानिय विकास अधिकारी श्रवणकुमार पोखरेल,नेपाली काग्रेश चितवनका उपसभापति दिनेश कोईराला,नेकपा एमाले निवर्तमान जिल्ला अधयक्ष जेएन थपलिया लगायत नगरस्तरीय राजनितिक दलका नेताहरुले मन्तव्य राखेका थिए ।
त्यस्तै पुर्वी चितवनको राप्ती नगरपालिकाले पनि शुक्रवारनै दोश्रो नगरपरिषद गरेर आगामी आर्थिक वर्षका लागी १८ करोड ६५ लाख वरावरको निति,कार्यक्रमसहित वजेट सार्वजनिक गरेको छ । जस मध्ये १ करोड ८० लाख आन्तरीक तथा १६ करोड ८५ लाख वाह्य श्रोतबाट आम्दानी हुने नगरपालिकाका कार्यकारी अधिकृत सुन्दरप्रसाद श्रेष्ठले जानकारी दिए । राप्ती नगरपालिकाले कृषि र पर्यटनलाई प्राथमिकता दिएर वजेट सार्वजनिक गरेको छ । चितवन क्षेत्र नम्वर एकका साँसद सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
यसै गरी भर्खरै मात्रै नगरपालिका घोषणा भएको कालिका नगरपालिकाले १३ करोड ६८ लाख वरावरको निति ,कार्यक्रम तथा वजेट सार्वजनिक गरिएको छ । जस अन्र्तगत आन्तरीक श्रोतबाट ८० लाख २५ हजार , अनुदानबाट ७ करोड १४ लाख र सामाजिक सुरक्षा भत्ताबाट ४ करोड सहित जिल्ला विकास समिति,प्राकृतिक श्रोत वाँडफाँड,स्टेशन दस्तुर,एमसिपिएमबाट आम्दानी हुने नगरपालिकाका कार्यकारी अधिकृत पुष्पराज खनालले वताए । परिषदको अवसरमा नगरपालिकाको नयाँ वन्ने भवनको सिलान्यास समेत भएको छ । कार्यक्रमका प्रमुख अतिथी चितवन क्षेत्र नम्वर दुईबाट निर्वाचित साँसद शेषनाथ अधिकारी र विषेश अतिथी साँसद काशीनाथ अधिकारीले संयुक्त रुपमा भवनको सिलान्यास गरेका थिए ।