सोलुखुम्बुका लोकप्रिय राजनीतिज्ञ सोनामछिरिङ शेर्पाको निधन

सोलुखुम्बुका लोकप्रिय राजनीतिज्ञ सोनामछिरिङ शेर्पाको निधन

काठमाण्डौ। बरिस्ठ राजनीतिज्ञ एबम् समाजसेवी सोनाम छिरिङ शेर्पाको निधन भएको छ।

७१ बर्षीय शेर्पाको स्वासप्रश्वास सम्बन्धी रोगका कारण आज बिहान ९ : ३० बजेतिर काठमाडौंको रामहिटीस्थित आफ्नै निवासमा निधन भएको वहाँका आफन्त तेन्जिङ शेर्पाले जानकारी दिए।

विभिन्न राजनीतिक दलको नेतृत्वमा रहेर लामो समय राजनीति र समाजसेवामा बिताउनुभएका शेर्पा (शेर्पा सेवा केन्द्र)का संस्थापक महासचिव समेत हुन । सोलुखुम्बुको तत्कालीन तामाखानी गाउँपञ्चायतमा जन्मनुभएका पुराना राजनीतिज्ञ शेर्पा जिल्लामा जीवन पर्यन्त लोकप्रिय रहेपनि संधै सत्ता बाहिर रहेका कारण गणीतिय रूपमा वहाँ संधै पराजित हुनुपरेको वहाँका समर्थकहरुले बताउंदै आएका छन् ।

बर्तमान प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा नेपाल विद्यार्थी संघको सभापति हुंदा सो संगठनको केन्द्रीय सदस्य रहनुभएका शेर्पा ०५४ सालको संयुक्त सरकारका प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दका राजनीतिक सल्लाहकार समेत हुनुहुन्थ्यो।श्वासप्रश्वास सम्बन्धि समस्याका कारण पछिल्लो दुई बर्षयता देखि राजनीतिक तथा सामाजिक जीवनबाट निष्क्रिय रहनुभएका शेर्पा ले अन्ततः सोमबार बिहानबाट यो धर्ती त्याग्नुभएको छ। स्वर्गीय शेर्पाका श्रीमती,तीन छोरा र एक छोरी छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका