चितवन, पुस १३–
चितवनको सौराहामा जारी हात्तीका छावाहरुबीचको रोमाञ्चकारी फुटवल प्रतियोगिताको फाईनल समीकरण पुरा भएको छ । आज भएको खेलमा अर्घाखाँची सिमेन्ट विजयी भएपछि फुटबलको फाईनल समीकरण पुरा भएको हो ।
आज सेमीफाईनल खेलमा आरबी मोटर्सलाई २–१ गोल अन्तरले पराजित गर्दै अर्घाखाँची सिमेन्ट फाईनलमा प्रवेश गरेको हो । उपाधिका लागि अघाँखाँची सिमेन्टले प्रभू बैंकसंग प्रतिष्पर्धा गर्ने नतिजा प्रकाशन समितिका संयोजक ऋषि तिवारीले जानकारी दिए ।
यस्तै महोत्सवमा आज नै भएको हात्ती सुन्दरी प्रतियोगिताबाट तीन वटा हात्ती अन्तिम चरणमा प्रवेश गरेका छन । सुन्दरी प्रतियोगितामा सेल्फीकली, एकताकली र पुष्पाकली अन्तिम चरणमा प्रवेश गरेका हुन् । प्रतियोगिताबाट एलिसाकली र विजुलीकली बाहिरिएका छन ।
त्यसैगरि हात्ती महोत्सव अन्र्तगत बुधवार भएको हात्ती पोलो प्रतियोगितामा व्लु पलानेट विजयी भएको छ । कुमारी बैंकलाई ३–२ ले पछि पार्दै ब्लु पलानेट विजयी भएको छ । गाडा दौड प्रतियोगितामा ६ वटा गाडा फाईनलमा प्रवेश गरेका छन । चितवन पोष्ट दैनिकको प्रतिनिधित्व गरेको विक्रम चौधरीको गाडा, कायाकैरनको प्रतिनिधित्व गरेको भजना महतोको गाडा, रेडियो अपर्णको प्रतिनिधित्व गरेको विकास महतोको गाडा, रेडियो सम्पदाको प्रतिनिधित्व गरेको देविराम महतोको गाडा, कालिका एफएमको प्रतिनिधित्व गरेको मगरा महतोको गाडा र रेडियो त्रिवेणीको प्रतिनिधित्व गरेको टिकाराम महतोको गाडा फाईनमा प्रवेश गरेको संयोजक तिवारीले जानकारी दिए । त्यसैगरी डुंगादौड प्रतियोगिता अन्र्तगत विकास बोटे, समोज बोटे र होमकुमार कुमालको डुंगा फाईनलमा प्रवेश गरेका छन ।
यसैगरि आज (बुधवार) भएको हात्ती फाष्ट वाक प्रतियोगितामा तीन वटा हात्ती फाईनलमा प्रवेश गरेका छन । जिल्ला विकास समिति चितवनको अनारकली, होटल बाराही पोखराको बम्बोजकली र सिद्धार्थ रेफ्रि जेरेसनको एकताकली फाईनलमा प्रवेश गरेका हुन । फाईनलनमा प्रवेश गरेका तीनवटा टिम महोत्सवको अन्तिम दिन शुक्रवार उपाधिका लागि भिड्ने छन । हात्ती फाष्ट वाक प्रतियोगिताबाट रानीमायाकली, बसन्तीकली र युनाईटेडकली बाहिरिएका छन । क्षेत्रीय होटलसंघ चितवनले आयोजना गरेको सो हात्ती महोत्सव पुस १५ गते सम्म चल्ने छ ।