Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
क्रिसमस पर्व धुमधाम मनाईंदै – Gaule Khabar

क्रिसमस पर्व धुमधाम मनाईंदै

क्रिसमस पर्व धुमधाम मनाईंदै

चितवन,पुस १०-

देशभरका गिर्जाघरमा क्रिसमस पर्वका रुपमा विविध कार्यक्रम गरिंदैछन् । दुई हजार १६ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको थियो । कुमारी मारियमको कोखबाट येशुको जन्म भएको हो । येशुलाई जिजस क्राइष्ट पनि भनिन्छ ।

उहाँले मानव समुदायका लागि पु¥याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।पछिल्ला दिनमा नेपालमा पनि यो धर्म अँगाल्नेहरु बढेका छन् । अहिले नेपालमा आठ हजार पाँच सय गिर्जाघर र ३० लाखभन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेको दावी गरिन्छ ।

यो पर्व मनाउन सरकारले विसं २०६४ पछि डिसेम्बर २५ का दिन सार्वजनिक बिदा दिँदै आएको छ । आजपनि सरकारले सार्वजनिक विदाको घोषणा गरेको छ ।यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिँदै नेपालीबीच बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत नेपाल बनाउन सबैमा प्रेरणा प्राप्त होस् भन्ने कामना गर्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले देश तथा विदेशमा रहेका सबै नेपालीमा शुभकामना सन्देश दिँदै ख्रीष्टियन समुदायबाट संविधान कार्यान्वयन र समृद्धिको अभियानमा बलियो साथ र सहयोगको अपेक्षा गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका