Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितवन हात्ती महोत्सवको १३ औं संस्करणको तयारी तीव्र – Gaule Khabar

चितवन हात्ती महोत्सवको १३ औं संस्करणको तयारी तीव्र

चितवन हात्ती महोत्सवको १३ औं संस्करणको तयारी तीव्र

चितवन,पुस ७-

चितवनको पर्यटकीय नगरी सौराहामा प्रत्येक वर्ष आयोजना गरिदै आएको चितवन हात्ती महोत्सवको १३ औं संस्करणको तयारी तीव्र पारिएको छ । विशेष गरेर यस पटक देखि थप गरिएको हात्तीपोलोको तयारी तीव्र गतमा भईरहेको आयोजक संस्था क्षेत्रीय होटल संघ चितवनले जनाएको छ ।

पुस ११ गतेदेखि १५ गतेसम्म हुने चितवन हात्ती महोत्सवका लागि आवश्यक पर्ने खेल मैदान व्यवस्थापन देखि स्वागत गेट निर्माण लगायतका सम्पूर्ण अन्तिम चरणमा काम भईरहेको संघका अध्यक्ष सुमन घिमिरेले जानकारी दिनुभयो । हात्ती महोत्सवका कारण चितवनको सौराहा दुलही झैं सिंगारिने काम पनि सुरु हुने र सौराहाका मुख्य बजार, होटल, पार्क, रिर्सोटहरु सजाइने महोत्सवका संयोजक दिपक भट्टराईले बताउनुभयो । महोतसवले समग्र नेपालसगैँ चितवनको पर्यटनमा ठूलो भूमिका खेल्ने भन्दै ४० लाख बढी खर्च गरेर महोत्सव गरिने महोत्सवका आर्थिक संयोजक शिरलाल परियारले जानकारी दिनुभयो ।

यस्तै महोत्सवमा आयोजना गरिने प्रतियोगिताको प्रशिक्षण कार्य पनि तीव्र बनाएको संघका महासचिव रामणि खनालले बताए । यस पटक देखि थप गरिएको हात्तीपोलोका सौराहाका निजी र सरकारी हात्तीलाई हरेक दिनजसो तयारी अवस्थामा राखिएको हात्तीपोलो खेल व्यवस्थापन समितिका संयोजक शंकर शैजुले जानकारी दिनुभयो ।

महोत्सवमा हात्तीको दिनचर्याबारे जानकारी दिने र राष्ट्रिय तथा स्थानीय कलाकारद्धारा विविध सास्कृतिक कार्यक्रम रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका