Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
रसियामामदिराका रूपमा ‘वाथलोसन’ पिउँदा मृत्यु हुनेको सङ्ख्या ७१ पुग्यो – Gaule Khabar

रसियामामदिराका रूपमा ‘वाथलोसन’ पिउँदा मृत्यु हुनेको सङ्ख्या ७१ पुग्यो

रसियामामदिराका रूपमा ‘वाथलोसन’ पिउँदा मृत्यु हुनेको सङ्ख्या ७१ पुग्यो

रसिया,पुस ७ –

रसियाको साइबेरियाली सहर इरकुस्कमा मदिराका रूपमा ‘वाथलोसन’ पिएपछि मृत्यु हुने व्यक्तिको सङ्ख्या बिहीबार ७१ पुगेको छ ।

गत हप्ताको अन्त्यमा वाथलोसन पिएर ११७ जना विरामी भएको रसियाको स्वास्थ्य मन्त्रालयका प्रवक्ता टाटैन लेबेडेभले बिहीकार जानकारी दिनुभयो । केही विरामी अझैपनि अस्पतालमै रहेको पनि उहाँले बताउनु भयो ।

ठुलो संख्यामा नागरिकहरुको मृत्यु र विरामी भएपछि स्थानीय अधिकारीहरुले इरकुस्कमा आपतकालीन अवस्था घोषणागरी ‘वाथलोसन’ व्यापारीमाथि निगरानी बढाएका छन् । स्थानीय प्रशासनले लोसनको बिक्रीमा संलग्न भएको आशङ्कामा कैयौँ मानिसलाई नियन्त्रणमा पनि लिइएको जनाएको छ ।

इरकुस्कको क्षेत्रीय प्रशासनले मृतक सबैमा मिथानोल नामक विषाक्त पदार्थ भेटिएकाले वाथलोसन पिएकै कारण उनीहरुको मृत्यु भएको पुष्टी भएको जनाएको छ ।

लोसनको बोतलमा उक्त पदार्थ बाहिरी प्रयोगका लागि मात्रै प्रयोग गर्न सकिने स्पष्ट सङ्केत भए पनि स्थानीयवासीले मदिराको सस्तो विकल्पका रूपमा यसलाई पिउने गरेको पाइएको छ ।- रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका