Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नेपाली नम्बर प्लेटका ग्यास बुलेट भन्सारमा रोकिए, व्यापारीलाई क्षतिपूर्ति दिन माग – Gaule Khabar

नेपाली नम्बर प्लेटका ग्यास बुलेट भन्सारमा रोकिए, व्यापारीलाई क्षतिपूर्ति दिन माग

नेपाली नम्बर प्लेटका ग्यास बुलेट भन्सारमा रोकिए, व्यापारीलाई क्षतिपूर्ति दिन माग

काठमाडौं, पुस ४-

नेपाली नम्बर प्लेटका ग्यास बुलेट भन्सारमा रोकिएका छन् । सरकारले चालु आर्थिक बर्षको बजेटमा नेपाली नम्बर प्लेटका ग्यास बुलेट खरीदमा दुई तिहाई सम्मको भन्सार छुट दिने घोषणा गरेको थियो ।

तर भन्सारले प्राविधिक कारण देखाई छुट नदिएर प्रक्रिया अल्झाइरहेको भन्दै नेपाल एल पि ग्यास उद्योग संघले आपत्ति जनाएको छ ।
संघले सोमबार पत्रकार सम्मेलन गरी सबै प्रक्रिया पूरा गरी भारतीय भन्सार समेत पास भएर आएर दुई वटा बुलेट २० दिन देखि वीरगञ्ज भन्सारमा अलपत्र परेको भन्दै आपत्ति जनाएको हो ।

संघका अध्यक्ष शिवप्रसाद घिमिरेले तत्काल भन्सार छुटको व्यवस्था कार्यान्वयन गरेर प्रक्रिया अगाडी बढाउने वातावरण बनाउन अन्यथा व्यापारीहरुलाई क्षतिपूर्ति दिन माग गर्नुभयो ।

अहिले ५३ वटा उद्योगीहरुले ७ सय ७५ वटा ग्यास बुलेट खरिदका लागि साढें ५ अर्ब बराबर खर्च गर्न लागेको संघको भनाई छ ।संघ र भारतीय ढुवानी व्यवसायीहरुसंग यस सम्बन्धी समझादारी भैसकेको र समयमा नेपाली बुलेट खरीद प्रक्रिया पूरा गर्न नसके २०१७ नोभेम्बर पछी ढुवानीमा गम्भीर असर पर्न सक्नेतर्फ संघले सचेत गराएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका