Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
आमहडताल फिर्ता – Gaule Khabar

आमहडताल फिर्ता

आमहडताल फिर्ता

पाल्पा,,पुष ३-

पाँच नं प्रदेश विभाजनमा असन्तुष्टि जनाउँदै आएको आन्दोलनरत संयुक्त सङ्घर्ष समितिले गरेको आमहडताल फिर्ता लिएको छ ।

आज अपराह्न १ बजेदेखि आमहडताल फिर्ता लिइएको समितिले जनाएको छ । प्रदेश नं ५ बाट पाल्पालाई टुक्र्याएर प्रदेशन नं ४ मा राखिएकामा असन्तुष्टि जनाउँदै समितिले शुक्रबार र शनिबारका लागि आमहडताल गर्दै जिल्ला बन्द गराएको थियो । अखण्ड ५ नं प्रदेशको मागसहित भएको आमहडताल समितिले शनिबार बैठक बसेर आज अपराह्नदेखि बन्द फिर्ताको घोषणा गरेको हो ।

समितिले संसद्मा दर्ता भएको संशोधन विधेयक खारेज नभएसम्म अन्य रचनात्मक आन्दोलन जारी राख्ने निर्णय गरेको नेपाली काँग्रेसका सचिव झपेन्द्र गैरेले बताउनुभयो । पूर्वी पाल्पाको रामपुर क्षेत्रमा भने शनिबार साँझ कोणसभा गरी बन्द फिर्ता लिइएपछि यहाँको जनजीवन समान्य बन्दै गएको छ ।

काँग्रेस, नेकपा ९एमाले०, राप्रपा, राष्ट्रिय जनमोर्चा, नेकपा ९माओवादी०, अखण्ड नेपाल लगायत राजनीतिक दलले ऐक्यबद्धता जनाउँदै पहाडी जिल्ला पाल्पालाई तराईबाट अलग्याउन नहुने भन्दै बन्द विरोध जनाउँदै आएका छन् । -रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका