Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सामाजिक सशक्तीकरणका लागि कृषि तथा पशुपालन – Gaule Khabar

सामाजिक सशक्तीकरणका लागि कृषि तथा पशुपालन

सामाजिक सशक्तीकरणका लागि कृषि तथा पशुपालन

भद्रपुर, मंसिर २१ –

सामाजिक सशक्तीकरण तथा आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले अभियान नेपाल, झापाले खुदुनाबारी गाविसमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

कृषि तथा पशुपालन व्यवसायलाई व्यावसायिक बनाउने कार्यक्रमअन्तर्गत सो गाविसमा १५ वटा मूल समूहका ३९३ जना र ८८ वटा उपहार समूहका दुई हजार २८७ सदस्यसहित पुरानो परियोजनाअन्तर्गतका ५६६ सदस्यलाई समेटेका छन् ।

सामाजिक सशक्तीकरण र क्षमता विकाससम्बन्धी विभिन्न तालिम सञ्चालन गरी सदस्यको वचत वृद्धि र परिचालनबाट दिगो आर्थिक परिवर्तन गर्नमा कार्यमा जोड दिएको छ ।

उपहारको शैलीमा बाख्रा तथा बङ्गुर वितरण गरी बाख्राको उत्पादनमा ५० प्रतिशत वृद्धि गर्ने र मृत्युदरलाई पाँच प्रतिशतबाट चार प्रतिशतमा घटाउने लक्ष्य परियोजनाले लिएको छ ।

यस्तै बाख्रा पाल्ने ६४ दशमलव ८ प्रतिशत कृषकमा औसत शुन्य दशमलव ५ वटा माउको सङ्ख्याबाट तीन वटाको सङ्ख्यमा बढाउने र हालको आठ महिनाका औसत तौल १५ किलोग्रामबाट २२ किलोग्राममा पु¥याइ नेपालको कुल खसीबाख्रा मासुको आयातलाई ३० प्रतिशतले घटाउने योजनामा योगदान गर्ने लक्ष्य रहेको परियोजनाका सहजकर्ता लोप्रिय खनालले बताउनुभयो ।

कुल रु तीन करोड ५६ लाख ३९ हजार ९०१ बजेट रहेको यो परियोजनाका लागि हेफर इ नेपालले रु एक करोड ६६ लाख २७ हजार १७१, खुदुनाबारी गाविसले रु तीन लाख ४४ हजार ८००, अभियान नेपालले रु ४१ लाख १६ हजार ४५५, जिल्ला विकास समितिले रु दुई लाख ४० हजार, स्थानीय सामुदायिक वन उपभोक्ता समूहले रु ६४ लाख ९३ हजार ८५० र अन्य सरोकारवाला संस्थाबाट रु ७८ लाख १७ हजार ६२५ सहयोग गरेका छन् ।

अभियान नेपालले सुरु गरेको यो परियोजनाबाट खुदुनाबारी गाविसका ५६६ परिवारका तीन हजार २४६ जना सदस्य प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् -रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका