Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
भूकम्पपीडितलाई पहिलो किस्ताको रकम बाड्न सुरु – Gaule Khabar

भूकम्पपीडितलाई पहिलो किस्ताको रकम बाड्न सुरु

भूकम्पपीडितलाई पहिलो किस्ताको रकम बाड्न सुरु

गोरखा, मंसिर १६–

गोरखाको मकैसिङ गाविसले भूकम्पपीडितहरुलाई पहिलो किस्ताको अनुदान ५० हजार रुपैयाँ बुधबारदेखि वितरण गर्न सुरु गरेको छ ।
रकम असोजमा नै आए पनि भूकम्पपीडितहरु रकम लिन बैँक अपायक परेको भन्दै नगएपछि रकम वितरण गर्न ढिला भएको मकैसिङ गाविस सचिव बाबुराम शर्माले जानकारी दिनुभयो ।
मकैसिङ गाविसका भूकम्पपीडितहरुका लागि मनकामनामा रहेको ग्लोबल आई.एम.ई. बैँकमा तोकिएको थियो । मनकामना जान चितवनको दारेचोक–३ चेरेसबाट केबलकार चढेर जान पर्ने भएपछि अपायक भएको पीडितहरुले गुनासो गरेका थिए ।
पीडितहरु अपायक परेको भन्दै रकम लिन नगएपछि चितवनको दारेचोक–३ कुरिनटार स्थित ग्लोबल बैँक मनकामनाको शाखामा नै रकम लिने व्यवस्था मिलाइएपछि आज देखि वितरण सुरु गरिएको हो । बुधबार पहिलो दिन ८६ जना भूकम्प पिडितले रु ५० हजार बुझेको सचिव शर्माले जानकारी दिनुभयो ।
मकैसिङ गाविसमा ६१२ घरधुरी रहेकोमा सबै घर भूकम्पले क्षती पु¥याएका छन । ६१२ घर मध्ये ४१३ जनाको नाम सिफारिस भएर आएको सचिव बाबुराम शर्माले जानकारी दिनुभयो । अन्यको भने जग्गाको लाल पुर्जा नभएको तथा कार्ड लिने घरमुली विदेश गएका कारण सफिारिस नभएको शर्माको भनाईछ । ४१३ सिफारिस भएको मध्ये अहिले अहिले सम्म ३३३ जना मात्र सम्झौता गर्न आएको पनि सचिव शर्माले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका