खुम्बु क्षेत्रका समस्या समाधानमा मन्त्री किराँतीको चासो

खुम्बु क्षेत्रका समस्या समाधानमा मन्त्री किराँतीको चासो

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटकीय क्षेत्र खुम्बुको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय कमिटी सोलुखुम्बुका अध्यक्ष तथा थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईको टोलीसंग मंगलबार भएको भेटमा मन्त्री किंरातीले उक्त प्रतिबद्धता व्यक्त गरेको हो ।

भेटमा सहभागी थुलुङ दुधकोशी गाउँपालिकाका प्रबक्ता भोजराज कार्कीका अनुसार पार्टीको तीन महिने रुपान्तरण अभियानका क्रममा आफ्नो कार्यक्षेत्र खुम्बुमा पुग्दा त्यहाँ देखिएका समस्या र स्थानीयको गुनासोबारे मन्त्री किँरातीलाई अवगत गराउँदै पर्यटकीय गन्तव्य खुम्बु क्षेत्रमा नेपाल एरलाइन्सको उडान अवरुद्ध हुंँदा ब्यबसाय खस्कंँदै गएकोले नियमित हवाइ उडानको ब्यबस्था गर्न र उडान नियमित नहुंदा फाप्लुमा रोकिएर रहेका विद्युत सामाग्री तत्काल ढुवानीका लागि आवश्यक व्यवस्थापनमा सहजीकरण गरिदिन संयोजक राईले अनुरोध गरेको कार्कीले जानकारी दिए।

मन्त्री किराँतीले सबै विषयमा ध्यानाकर्षण भएको भन्दै एक साता भित्र फाप्लुको सामाग्री खुम्बु पुर्‍याउने गरि कार्य गर्न क्यानलाइ निर्देशन दिएका छन्

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका