सोलुदुधकुण्ड नगरपालिका ११ को वडाकार्यलय भवन उद्घाटन सम्पन्न

विकास निमार्णमाको लागि सबैसँग सहकार्य गर्न तयारः मेयर

सोलुदुधकुण्ड नगरपालिका ११ को वडाकार्यलय भवन उद्घाटन सम्पन्न

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका ११ नं.वडा कार्यलय भवनको उद्घाटन सम्पन्न भएको छ ।
आज विहिबार तिङ्लामा आयोजित एक कार्यक्रमबीच सोलुखुम्बु जिल्ला संमन्वय समिति संयोजक कृष्ण प्रसाद निरौला र सोलुदुधकुण्ड नगरपालिका मेयर नाम्गेल जाङ्बु शेर्पाले संयुक्त रुपमा उक्त भवनको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै मेयर शेर्पाले विकास निमार्णको लागि सबैसँग सहकार्य गर्न आफु तत्तपर रहेको बताए । वडा नं.११ मा शिक्षा, सडक, विद्युत र कृषिमा निकै राम्रो काम भएको स्वास्थयमा केहि काम गर्न बाँकी रहेको बताए ।
जिल्ला संमन्वय समिति र सोलुदुधकुण्ड नगरपालिकाको साझेदारी लगानिमा उक्त भवन निमार्ण भएको जिल्ला संमन्वय समिति संयोजक निरौंलाले बताए ।
भवन उद्घाटन कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिका उपमेयर गान्धिमाया तामाङ, सोलुदुधकुण्ड नगरपालिका वडाध्याक्षहरु, जनप्रतिनिहरु, वडा नं. ११ का शिक्षक बुद्धिजिविहरुको बाक्लो उपस्तिथि रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका