कुमारी राई हत्याका ३ जना कारागार चलान

कुमारी राई हत्याका ३ जना कारागार चलान

सोलुखुम्बु / थुलुङ दुधकोशी गाउँपालिका ७ की कुमारी राईको बलात्कारपछि हत्या गरेको अभियोग लागेका ३ जना कारागार चलान भएका छन ।
जिल्ला अदालत सोलुखुम्बुले शुक्रबार ३ जनालाई पुर्पक्षको लागी थुनामा पठाउन आदेश दिएको हो ।
शुक्रबार नै उनीहरुलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी राम किशोर शाहले जानकारी दिए ।
मृतक राईको अनुहार, टाउँको र शरिरका विभिन्न भागमा चोट लागेको थियो । प्रहरीले आरोपित चरण राईलाई १२ गते घरबाटै पक्राउ गरिएको थियो भने भागिधन राईलाई १३ गते र युवराज खत्रीलाई १४ गते पक्राउ गरि अनुसन्धान सुरु गरिएको थियो । हत्यापछि युवराजले प्रयोग गरेको चप्पल र कपडा सोहि ठाउँमा छाडेर भागेको समेत प्रहरीले जनाएको छ । .

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका