एमाले सोलुखम्बुबाट मानवीर राईको एकल नाम सिफारिस

एमाले सोलुखम्बुबाट मानवीर राईको एकल नाम सिफारिस

सोलुखुम्बु । नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुले प्रतिनिधि सभा सदस्य निर्वाचनको उम्मेदवारका लागि केन्द्रीय सदस्य मानवीर राईको एकल नाम सिफारिस गरेको छ ।

सोमबार बसेको जिल्ला कमिटी बैठकले एकमात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा पार्टीको तर्फबाट राईको नाम सर्वसम्मत सिफारिस गरेको हो ।

उक्त बैठकले प्रतिनिधि सभाको समानुपातिकतर्फ सूर्यकुमारी सुनुवार र दाडोमा शेर्पाको नाम सिफारिस गरेको जिल्ला कमिटी सचिब आशकुमार राई “शिशिर”ले बताए ।

एमालेले प्रदेश सभा १ (क) मा वर्तमान प्रदेश सभा सदस्यसमेत रहेका उत्तमकुमार बस्नेत र महेश किरातीको नाम सिफारिस गरेको छ भने समानुपातिकतर्फ सावित्रि भटराई, कल्पना गिरि बस्नेत र पार्वती राई नाम सिफारिस गरेको छ ।

प्रदेश सभा १(ख) मा भने वर्तमान प्रदेश सभा सदस्य तथा एमाले प्रदेश १ प्रदेश सभाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, आशकुमार राई ‘शिशिर’, मिङमार शेर्पा, जुनिता माया मगर र दीपक राजभण्डारीको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ कल्पना राई, श्याम क्षेत्री, डि.बि.रानापाल र आङकाजी शेर्पाको नाम सिफारिस गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका