सोलुखुम्बु । “सम्पुर्ण देशभक्त, प्रगतीशिल जनवादी महिलाहरु एक होऔँ” भन्ने मुल नाराका साथ अखिल नेपाल महिला संघ जिल्ला कमिटी सोलुखुम्बुको चौँथो जिल्ला सम्मेलन सुरु भएको छ । आज शुक्रबारबाट सदरमुकाम सल्लेरीमा सम्मेलन सुरु भएको हो ।
उक्त सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने महिला नेतृ कल्पना राईले जानकारी दिए । कार्यक्रममा प्रमुख वक्ताका रुपमा नेकपा एमालेका स्थायी कमिटी सदस्य, पुर्व महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री एवं अखिल नेपाल महिला संघ सातौँ राष्ट्रिय सम्मेलनका सम्योजक थममाया थापाको उपस्थिती रहेको छ ।
साथै एमाले स्थायी कमिटी सदस्य विन्दा पाण्डे,अनेम संघ प्रदेश १ इन्चार्ज एवं प्रदेश सांसद अम्बिका थापा र एमाले केन्द्रिय सदस्य शकुन्तला राजभण्डारी र नेकपा एमाले प्रदेश १ का संसदिय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी लगायतका व्यक्तिहरुकोे पनि कार्यक्रममा उपस्थिती रहेको छ ।
सोलुखुम्बु सहित छिमेकी जिल्लाहरु खोटाङ र ओखलढुंगाका महिला नेतृहरुको सम्मेलनमा सहभागीता रहेको आयोजकले जनाएको छ ।