राप्रपा अध्यक्ष उम्मेदवारी दिन १ लाख शुल्क

राप्रपा अध्यक्ष उम्मेदवारी दिन १ लाख शुल्क

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा अध्यक्ष उम्मेदवारी दर्ता शुल्क १ लाख रुपैयाँ, उपाध्यक्षमा उम्मेदवारी दिन ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको निर्वाचन समितिका संयोजक निरञ्जन थापाले जानकारी दिए ।

बुधबार सुरु भएको राप्रपा महाधिवेशनले अध्यक्ष, १ महिला सहित ४ जना उपाध्यक्ष, १ महिला सहित ३ जना महामन्त्री र १४१ जना केन्द्रीय सदस्य निर्वाचनबाट चयन हुँदैछन् ।

निर्वाचन समितिका संयोजक थापाका अनुसार शुक्रबारदेखि मात्र निर्वाचन कार्यक्रम सुरु हुने र बिहीबारसम्म मतदाता नामावली प्रकाशन गर्ने साथै शुक्रबार निर्वाचन कार्यक्रम सुरु गर्ने समितिको तयारी रहेको जनाए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका