भारत,माघ १४
सलमान खानको चलचित्र ‘किक’ सुपरहिट रह्यो । जबदेखि यो चलचित्रको सिक्वेलको कुरा चल्यो, तब फ्यान अत्यन्तै उत्साहित भए ।
तर बिस्तारै ‘किक २’ सँग जोडिएका खबर आउन छाडे । दर्शकले यसलाई हल्लामात्रै हो कि भन्ने ठाने र चलचित्र नआउला भन्ने पनि ठाने । तर, खुसीको कुरा सलमान खानको चलचित्र ‘किक २’ को काम चाँडै सुरु हुँदैछ ।
चलचित्र स्रोतलाई उद्धृत गर्दै फिल्मीबिटले साजिद नाडियावालाले चलचित्रको स्क्रिप्ट ८० प्रतिशत पूरा गरेको जनाएको छ । उनले सलमानलाई पनि कथा सुनाइसकेको र सलमानले धेरै मनपराएका छन् ।
दुवैले ‘किक २’ को सुटिङ सन् २०१८ को जुन–जुलाईबाट सुरु गर्ने निर्णय लिएका छन् ।