काठमाण्डौ । विश्व कीर्तिमानी आङरिता शेर्पा”हिमचितुवा”को आज बिहान निधन भएको छ ।
आज बिहान १०:४० बजे काठमाडौको जोरपाटी स्थित आफ्नै निजि निवासमा ७२ वर्षको उमेरमा उहाको निधन भएको हो ।
सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्हामु गाउपालिका ५ थामेमा जन्मेका शेर्पा एक सफल पर्यटन व्यवसायी हुन । दुई छोरा र एक छोरीको साथ निजि निवास जोरपाटी बस्दै आएको शेर्पाको निधनले सिङ्गो परिवार र पर्यटन क्षेत्रलाई नै स्तब्ध बनाएको छ । शेर्पाले १० पटक बिना अक्सिजन र सबै भन्दा छिटो सगरमाथाको सफल आरोहन गरि दुई पटक विश्व कीर्तिमान कायम गरि पर्यटन क्षेत्रमा अतुलनीय योगदान दिएका थिए । सगरमाथा लगायत सयौ ८ हजार माथिको र ८ हजार मुनिका हिमालहरुको सफल आरोहण गरि पर्यटन क्षेत्रमा अमुल्य योगदान दिएका थिए ।