तीन महिने पार्टी रुपान्तरण अभियान सञ्चालन तयारी तिब्रता

तीन महिने पार्टी रुपान्तरण अभियान सञ्चालन तयारी तिब्रता

सोलुखुम्बु । नेकपा माओवादी केन्द्र सोलुखुम्बुले तीन महिने पार्टी रुपान्तरण अभियान सञ्चालन तयारी बैठकलाई तिब्रता दिइएको छ । अहिले नेकपा माओवादी केन्द्रका जिल्ला तह देखि केन्द्रीय तह सम्मका नेताहरु विभिन्न वडामा पुगेर तयारी बैठकमा सहभागी भएका छन् ।
‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियान भदौ १६ देखि मंसिर १५ सम्म सञ्चालन हुने छ । जसको तयारीका लागि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल बराल सहित अहिले सोलुखुम्बुमा हुनुहन्छ । यस्तै प्रदेश तथा जिल्ला तहका नेताहरु विभिन्न पालीकाको वडामा कार्यक्षेत्र तोकेर क्रियाशिल बनेका छन् । पार्टीका प्रदेश सचिवालय सदस्य तथा जिल्ला संयोजक असिम राई खुम्बुपासाङ ल्हामु गाउँपालिका वडा २, ३, ४ र ५ वडा नम्बर १ मा गौरब राई खटिनुभएको छ ।
यस्तै, सोलुदुधकुण्ड नगरपालिका १, २, ३, ८, ९, १० र ११ मा जिल्ला सचिव समेत रहनुभएका प्रदेश सदस्य नाम्गेल शेर्पा, नगरपालिकाकै वडा नम्बर ४ मा सुनता राई, ५ मा मेनुका पुरी गिर, ६ मा रिमा कुुलुृङ र ७ मा गौरब राईको कार्यक्षेत्र तोकिएको छ ।
यस्तै थुलुङ दुधकोशी १ मा प्रदेश सदस्य प्रल्हाद राई, ६, ७ र ८ मा गणेश राई, ४, ५ र ९ मा केशर बहादुर राई, वडा नम्बर २ मा अमृता राई र ३ मा जनऋषी राईलाई खटाइएको छ । उता माप्यदुधकोशी गाउँपालिकाको १, २ र ३ मा जुद्ध कार्की, ४ र ५ मा अनिश राई र ६ र ७ मा डम्बर बहादुर बस्नेतलाई खटाइएको छ । नेचासल्यान गाउँपालिकाको १ र २ मा घनश्याम नेपाली र ३, ४ र ५ मा मेहन्द्र राई खटिनुभएको अभियानको प्रदेश स्तरीय सूचना संकलन तथा प्रचारप्रसार समितिका सदस्य भोजराज कार्कीले जानकारी दिनुभयो ।
कार्कीका अनुसार सोताङ गाउँपालिकामा सोलुखुम्बु जिल्ला सहइन्चार्ज समेत रहनुभएका प्रदेश समिति सदस्य ध्रुब शर्मा पराजुली र महाकुलुङको १, २ र ३ मा जमान सिं किराँती र ४, ५ मा गोबिन्द बि.क. रहनुहुने छ ।
अहिले अधिकांश वडा समितिको तयारी बैठक सम्पन्न भएको प्रदेश सदस्य तथा जिल्ला सहइन्चार्ज ध्रुव शर्मा पराजुलीले बताउँनुभयो । यो अभियानले नागरिकस्तरमा उत्साह पैदा भएको उहाँको भनाई छ ।
प्रदेश सदस्य तथा जिल्ला सहइन्चार्ज हिमाल गिरी लिखुपिके गाउँपालिकमा खटिनुभएको छ । भदौ १६ गते देशको सबै वडामा माओवादी केन्द्रका अध्यक्षता तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकैसाथ उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अभियान अन्तर्गत अध्यक्ष दाहाल सातवटै प्रदेशका ७ वटा वडामा जाने बताइएको छ । त्यहाँ गएर उहाँले जनतासँग प्रत्यक्ष साक्षात्कार गर्ने सचिवालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका