सोलुदुधकुन्ड नगरपालिका ५ मा एक व्यक्ति मृत भेटिए

सोलुदुधकुन्ड नगरपालिका ५ मा एक व्यक्ति मृत भेटिए

गाउँले न्युज, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका ५ सल्लेरिमा एक ब्याक्त्ती मृत भेटिएका छन । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ फेराका ङिमा शेर्पा मंगलबार दिउँसो मृत भेटिएको प्रहरीले जनाएको छ ।

दिउँसो करिब १ बजे सडकमा मृत भेटिएका शेर्पाको शव पोस्ट मार्टमका लागि जिल्ला अस्पताल फाप्लुमा राखिएको छ । मृत्युको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रबक्ता महेन्द्र दर्नालले जानकारी दिए । ३५ बर्षीय शेर्पा बेनी घर भई हाल परिवार सहित लोदिङ बस्दै आएका खुल्न आएको छ । शेर्पा विहान सल्लेरी जान्छु भनि हिडेको पारिवारिक श्रोतले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका