जेठ ३२, काठमाडौं- सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका जनप्रतिनिधिहरुमाथि हातपात भएको छ ।
गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बस्नेत र उपाध्यक्ष प्रमिला बस्नेत कार्कीमाथि आइतबार वडा नं ४ स्थित सडक निर्माणको विषयमा भएको छलफलमा विवाद हुँदा हातपात गरिएको हिमाल एफएमले जनाएको छ ।
हातपात गरेको आरोपमा स्थानीय ३० बर्षिय सरोज बस्नेत र शुभराम बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सल्लेरी लगिएको प्रहरी निरिक्षक मन्दिप चौहानले जानकारी दिए ।