तामाङ छोलिङ गुम्बाको शिलन्यास सम्पन्न

तामाङ छोलिङ गुम्बाको शिलन्यास सम्पन्न

गाउँले न्युज, सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिका ५ अमरास स्थित तामाङ छोलिङ गुम्बाको शिलन्यास कार्यक्रम सम्पन्न भएको छ । माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले आईतबार आयोजित २८५६औं सोनाम लोछारको शुभकामना आदानप्रदान कार्यक्रम बीच उक्त गुम्बाको शिलन्यास गर्नुभएको हो ।


कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथि तथा माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले सबै जात जातिको धर्म र संस्कृतिको संरक्षको निम्ति गाउँपालिका लागि पर्ने साथै सबै जात जाति एकबद्ध भई गाउँपालिकाको दिगो विकासको निम्ति लाग्नुपर्ने बताए ।
माप्य दुधकोशी गाउँपालिकाको आर्थिक वर्ष २०७६÷७७ बाट बिनियोजित रकमबाट उक्त गुम्बा निमार्ण गर्न लागिको हो । गुम्बा निमार्ण पश्चात तामाङ समूदयको पुजापाठ र लामा सम्बन्धि पढाई हुने तामाङ गुठि समाजका अध्यक्ष बुदे लामाले बताए ।


कार्यक्रमा माप्य दुधकोशी गाउँपालिका वडा नं.५ अध्यक्ष निमराज तामाङ, वाड नं.३ अध्यक्ष नारायण काजि कार्की, माप्य दुधकोशी गाउँपालिका नेकपा अध्यक्ष गौरब राई, वाडा जन प्रतिनिधिहरु, बुद्धिजिवि, समाजेवी, स्थानीय जनताहरुको बाक्लो उपस्तिथि रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ