WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B0KO3n3IgXxfKJtlSgHgZQTw/FRcfB0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 03:55:51', '', 'admlnlx', 'admlnlx')

‘लप्पन छप्पन २’ को टिजर सार्वजनिक (भिडियो) – Gaule Khabar

‘लप्पन छप्पन २’ को टिजर सार्वजनिक (भिडियो)

‘लप्पन छप्पन २’ को टिजर सार्वजनिक (भिडियो)

गाउँले न्युज, काठमाण्डौ । चलचित्र ‘लप्पन छप्पन २’को अफिसियल टिजर सार्वजनिक गरिएको छ । चलचित्रमा कलाकारको भिन्न अवतार, जबर्जस्त एक्सन दृश्य, ठुलो क्यानभास टिजरमा देख्न सकिन्छ ।

‘लप्पन छप्पन २’मा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय रहेको छ । ‘लप्पन छप्पन २’बाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, श्रिजना सिना, रन्जीत ओन्ता लगायतले अभिनयमा डेब्यु गर्दैछन् ।

मुकुन्द भट्ट निर्देशन रहेको यो चलचित्र बैशाख १२ गते बाट प्रदर्शनमा आउने भएको छ । पटकथा र संवादमा निर्देशक भट्ट र सुनिल नेउरेलेरहेको छ भने, पटकथामा अमित शर्माको पनि साथ छ । पुरुषोत्तम प्रधानले खिचेको चलचित्रमा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट(एमआर आरजे), दीपक आरजे र बुलेट फ्लोको संगीत छ । चलचित्रमा किङ योगी र दिलिप ओकेधाको कोरियोग्राफी, हिमाल केसीसहित निर्देशक भट्टले एक्सन, निरज केसीले साउण्ड र मिलन श्रेष्ठले सम्पादनमा काम गरेका छन् ।

खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको यस चलचित्र गोल्डेन हिल्स पिक्चर्ससँग इपी एजुकेशन अस्ट्रेलिया, युएमआइ ग्रुप युरोप र एमएसी मिडियाले सहकार्य गरेका छन् । सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको चलचित्रमा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र, सुदिपचन्द्र भक्रेल र सन्तोषचन्द्र भक्रेल निर्माताको रुपमा छन् । रानु तिमिला, ताराचन्द शर्मा र सुरज केसी चलचित्रका सह निर्माता रहेका छन् । यस्तै अस्ट्रेलियाको लागि सबिन ज्ञवाली र नेपालको लागि समिर खरेल लाइन प्रोड्युसरमा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका