ताला लगाएको घरमा आगलागी

ताला लगाएको घरमा आगलागी

सोलुखुम्बु, मंसिर ३० –

जिल्लाको लोखिम–५ स्थित बृखबहादुर तामाङको घरमा गएराति आगलागी हुँदा रु एक लाख ६० हजारभन्दा बढी धनमाल र केही पुराना बहुमूल्य सामग्री जलेर नष्ट भएको छ ।

घरमा एक्लै बस्दै आएका तामाङ बिरामी परेपछि एक हप्तादेखि कान्छो छोराको घरमा बस्दै आएकाले आगलागीको कारण भने खुल्न नसकेको छिमेकी राजवीर तामाङले जानकारी दिनुभयो ।

आज बिहान घटनास्थल पुगेको प्रहरीले घरभित्र रहेको लत्ताकपडा, अन्नपातसमेत गरी रु एक लाख ६० हजार बढी धनमाल र केही पुराना पैसा क्षति भएको मुचुल्का तयार गरेको हो । पीडित तामाङका अनुसार घरमा कुनै पनि विद्युतीय सामग्रीसमेत नभएको र हप्ता दिनदेखि आगो बालेको पनि थिएन । आफूसँग पुराना बहुमूल्य पैसालगायतका सामान रहेकाले कसैले चोरी गरेर आगलागी गरेको हुन सक्ने तामाङको आशङ्का छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ