फाप्लु विमानस्थलको हेलिकप्टर पार्किङ निर्माण अन्तिम चरणमा

फाप्लु विमानस्थलको हेलिकप्टर पार्किङ निर्माण अन्तिम चरणमा

गाउँले न्युज, २० साउन, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका स्थित फाप्लु विमानस्थलमा हवाईजहाज तथा हेलिकप्टरका लागि पार्किङ निर्माण अन्तिम चरणमा पुगेको छ ।

गएकोे मङ्सिर महिलनामा काष्ठमाण्डप उमा एण्ड कम्पनी जेभी बल्खुले नेपाल नागरिक उड्डयन कार्यालयको चार करोेड ७५ लाख रुपियाँको लागतमा निर्माण थालेको पार्किङको काम अन्तिम चरणमा पुगेको आयोजनाका साइट ठेकेदार बुद्धि मगरले जानकारी दिए । विमानस्थलको तल्लो साइडबाट आर.सी.सी. प्रविधिबाट निर्माण भइरहेको पार्किङको निर्माण अवधि १५ महिना रहेको उहाँले बताए ।

अहिले माटोमा समेत पार्किङ गर्नु परेको भन्दै अब पार्किङ निर्माण भएपछि स्तरीय पार्किङ गर्न सकिने नेपाल नागरिक उड्डयन कार्यालय फाप्लुका प्रमुख प्रकाश शर्माले बताए । पर्यटकीय सिजनमा लुक्लामा धेरै उडान हुने र कहिलेकाहीँ मौसममा खराबी हुँदा तथा अन्य कारणले जहाज फाप्लुमा राख्ने बेलमा अब सजिलो हुने उहाँको भनाइ छ ।

व्यवस्थित विमानस्थल बनाउन धेरै काम गर्नुपर्ने भन्दै पार्किङ बनाउनका लागि नेपाल नागरिक उड्डयन कार्यालयमा धेरै पटक आग्रह गरेर यो काम भइरहेको सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले बताउनुभयो । पछिल्लो समय विमानस्थलमा धेरै काम भइरहेको भन्दै अब चाँडै विमानस्थलको स्वरुप परिवर्तन नमुना बन्ने उहाँको भनाइ छ ।

पर्यटकीय क्षेत्र खुम्बुका लागि खाद्यान्न तथा अन्य प्रयोगका सामाग्रीहरु फाप्लु विमानस्थलबाट हेलिकप्टरले ढुवानी गर्ने गरेको छ । जसका लागि प्रभावकारी पार्किङको अभाव थियो ।

sourse:himshikhar

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका