आजको बाढीको पूर्वानुमान यस्तो छ

आजको बाढीको पूर्वानुमान यस्तो छ

गाउँले न्युज, १० साउन, काठमाण्डौ । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले आजको देशभरका नदीकोहरुको अवस्था र बाढीको पूर्वानुमानसहितको सूचना जारी गरेको छ ।
आज शुक्रबार बिहान ७ बजे गरिएको पूर्वानुमान अनुसार प्रमुख तथा मझौला नदीहरु कोशी, नारायणी, कर्णाली, महाकाली, पूर्वी राप्ती, बाग्मती बबई लगायत नदीहरुमा बहाब स्थिर रहेको छ । भने, कन्काई, कमला लयायतका नदीहरुमा बहाब बढ्ने क्रममा रहेको छ । पूर्वानुमान अनुसार नदीहरुमा बहाब सतर्कता तह भन्द तलनै हुनेछ ।
आज कोशी, नारायणी, कर्णाली नदी तथा यसका सहायक नदीहरुमा बहाब सामान्य रुपमा बढ्दो क्रममा हुनेछ । महाकाली र यसका शाखा नदीहरुमा बहाब उल्लेख्य बढ्ने तर सर्तकता तह भन्दा तलै रहनेछ ।
इलाम, झापा, मोरङ, धनकुटा, दोलखा, रामेछाप, सिन्धुली, स्याङजा, कास्की, लमजुङ, गोरखा, कैलाली, कञ्चनपुर, दाङ, सुर्खेत, डडेलधुरा लगायतका आसपासका जिल्लाका चुरे र पहाडबाट बहने केही साना नदीहरुमा आकस्मिक बहावको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साभार: रातोपाटी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका