नेपालकी चेली निकिता थापाले जितिन् ‘मिस टीन भारत’को उपाधि

नेपालकी चेली निकिता थापाले जितिन् ‘मिस टीन भारत’को उपाधि

गाउँले न्युज, २६ असार, काठमाण्डौ । भारतीय सौन्दर्य प्रतियोगितामा निकिता थापामगरले ‘मिस टीन भारत’ प्रतियोगिताको उपाधि हात पारेकी छिन् ।

झापाकाे मेचीनगर नगरपालिका–५, नकलबन्दाकी १७ वर्षीया थापाले प्रतियोगितामा भारतका ३० प्रान्तबाट सहभागी बनेका सबैलाई उछिनेर विजेता बनेकी हुन् । असार २० गते शुक्रबार भारतको राजधानी दिल्लीमा आयोजना भएको ‘मिस टीन भारत’ को उपाधी चुमेकी हुन । उनले काँकरभिट्टा क्याम्पसबाट भर्खरै कक्षा १२ को परीक्षा दिएकी हुन् ।

भारतीय सौन्दर्य प्रतियोगितामा नेपालकी चेलीले प्राप्त गरेको यो ठूलो सफलता हो । तर, यस विषयमा भारतीय मिडियामा खुबै चर्चा भए पनि नेपाली मिडियामा भने चर्चा हुन बाँकी नै रहेको नेपाल मगर संघ मेचीनगरका अध्यक्ष विकास थापामगरले बताए ।

निकिताले ‘मिस टीन भारत’को उपाधिसँगै एक लाख भारु नगद पुरस्कार जितेकी छन् भने उनलाई अमन गान्धी फिल्म प्रोडक्शन प्रालिले चार म्युजिक भिडियो र एउटा शर्ट मूभिमा अभिनयको सम्झौता गरिसकेको निकिताले बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका