लुक्लामा मौसम खराबीको कारण रोकिएको बिमान उडान ७ दिन पछी सुरु

लुक्लामा मौसम खराबीको कारण रोकिएको बिमान उडान ७ दिन पछी सुरु

गाउँले न्यूज, ५ असार, सोलुखुम्बु । खुम्बु पासाङल्यामु गाउँपालिका स्थित तेन्जीङ हिलारि विमानस्थलमा सात दिन पछि उडान भएको छ । जेष्ठ ३० गतेदेखि मौसम खराबीको कारण अबरुद्ध विमानस्थलमा बुधबार उडान भएको हो ।

मौसममा सुधार भएपछी बुधबार तारा यएरको ३ वटा र समिट यएरको २ वटा गरि ५ उडान भएको लुक्ला एयर्पोटले जनाएको छ । उक्त्त दिन पनि विहानको समयमा मात्र उडान भएको थियो । दिउसो १२ बजेसम्म उडान भएको र त्यस पछि मौसममा खरावि आए पछि पुन उडान रोकिएको तेन्जिङ हिल्लारी बिमान स्थलका प्रमखु इमानाथ अधिकारीले जानकारी दिए ।
७ दिन समय सम्म उडान नभएकोले यात्रुहरु खरिखोलासम्म पैदाल यात्रा गरी गाडिबाट काठमाण्डौ फर्किएकोले यात्रुको चाप कम भएको तारा यएरलाइन्सका स्टेशन इन्चार्ज अमृत मगरले बताए ।
लामो समय पछी भएको उडानमा बुधबारमात्र ४५ जना यात्रु काठमाडौ फर्किएका छन् । अहिले खुम्बु क्षेत्रमा केहि मात्रामा यात्रुहरु रहेको यएरलाइन्स कम्पनिहरुले जनाएका छ । सिजन सकिएकाले मौसम खराबि हुदा ठूलो समस्या नआउने विमानस्थल कार्यालयको जनाएको छ ।

https://gaulenews.com/?p=46818

https://gaulenews.com/?p=46611

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका